नयाँ र ठूला योजनाको प्रस्ताव पेस नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं , चैत १७ । अर्थमन्त्री विष्णुप्रसाद पोडेलले विभिन्न मन्त्रालयलाई नयाँ ठूला योजना प्रस्ताव पेस नगर्न आग्रह गरेका छन् । आगामी बजेटको सिलिङ कम हुने भन्दै उनले आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेटका लागि प्रस्ताव पठाउँदा त्यसमा ठूला नयाँ आयोजनाका लागि प्रस्ताव नपठाउन विभिन्न मन्त्रालयलाई परिपत्रसहित यस्तो आग्रह गरेका हुन् ।

अझै विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस ( कोभिड–१९) को महामारी कायमै रहेको र आगामी बजेटलाई व्यवस्थित ढंगले विनियोजन गर्नुपर्ने भएकाले धेरै आवश्यक नभएका, तत्काल प्राथमिकतामा नपर्ने नयाँ ठूला परियोजनाका लागि बजेट प्रस्ताव नगर्न आग्रह गरेको उनको भनाइ छ ।

अहिलेको कोरोना प्रभावलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट नतिजामुखी ल्याउने तयारीमा अर्थ मन्त्रालय देखिएको छ । मन्त्रालयका प्रवक्ता सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट विनियोजन मात्रै भन्दा पनि त्यसको प्रभावकारितालाई ध्यानमा राख्दै बजेट ल्याइने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्