सर्वोच्चमा फैसला सच्याउने निवेदन दर्ता गरेर फर्किए प्रचण्ड, भने -अदालतले राजनीतिक निर्णय सच्याउनेमा विश्वस्त छौँ

काठमाडौं, चैत १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतमा निवेदन दर्तापछि फर्किएका छन्।उनी फागुन २३ को सर्वोच्चले गरेको नेकपा नाम विवाद निरुपणको फैसला सच्याउन माग गर्दै सर्वोच्च पुगेका थिए।

फैसला पुनरवलोकनको निवेदन सर्वोच्च प्रशासनमा दर्तापछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै सर्वोच्चले राजनीतिक विषयमा समेत बोलेकोले त्यो सच्चिने आशा गरेको पत्रकारहरुसँग बताए। प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला राजनीतिक भएको भन्दै अदालतले उक्त निर्णय सच्याउनेमा आफूहरु विश्वास्त रहेको बताएका छन्।

उनले अदालतको फैसला अस्वभाविक र अप्राकृतिक भएको बताउँदै त्यसमा आफूहरुको असहमति रहेको बताए।उनले रिट निवेदकले नै पार्टी एकता टुटोस् भन्ने मनासयले निवेदन दर्ता नगरेको भन्दै सर्वोच्चको फैसला रिट निवेदकको चाहनाभन्दा बाहिरबाट आएको बताए।

प्रतिक्रिया दिनुहोस्