प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आइतबार प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।

भेटमा संसद् सञ्चालनका विषयमा छलफल भएको बुझिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस् स्थापना गरेपछि सरकार ्ले संसद संचालनमा सहयोग नगरेको भन्दै आलोचना भैरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको छ ।

यस अघि प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई आफ्नो भूमिका अनुसार काम नगरेको भन्दै कडा आलोचना गर्दै अदालतमा मुद्धा हाल्न गएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्