चिनियाँ अनुदानको ८ लाख डोज खोप सोमबार नेपाल आइपुग्दैं
काठमाडौं , चैत १५ । चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।
खोप बेइजिङमा तयार अवस्थामा राखिएको छ । खोप लिनका लागि चार्टर विमान आइतबार बिहान चीन जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनले १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएपनि १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यता भारतले पनि १० लाख डोज खोप अनुदान दिएको थियो ।
नेपालले हालसम्म २३ लाख डोज खोप प्राप्त गरेको छ ।
नेपालमा खोप अभियान माघ १४ गतेबाट सुरु भएको थियो । पहिलो डोज लगाएको बढीमा आठ सातामा दास्रो डोज लगाउनुपर्ने हुन्छ । त्यही अनुसार दोस्रो डोज १२ सातापछि वैशाखमा लगाउन सुरु गरिने छ ।
प्रतिक्रिया दिनुहोस्