लकडाउनको घोषणा गर्ने त होइन भन्ने त्रास व्याप्त, व्यवसायी पनि चिन्तित

काठमाडौं , चैत १५ । पछिल्लो समय कोरोना संक्रमितको संख्या केही बढ्न थालेसँगै पुनः लकडाउनको हल्ला बजारमा चलेको छ । यो हल्लाले व्यवसायी चिन्तित भएका छन् ।

गत वर्षको ११ चैतमा कोरोना महामारी फैलिन नदिने भन्दै सरकारले लकडाउन घोषणा गरी करिब ६ महिना मुलुकभरका सबै उद्योग, व्यापार, व्यवसाय बन्दको मार खेप्न बाध्य व्यवसायी अहिले फेरि कोरोना संक्रमणको दोस्रो लहर फैलने आशंकाले थप चिन्तित भएका हुन् ।

हाल जनस्वास्थ्यविद्ले दोस्रो चरणको लहर फैलने आँकलन गरिरहेका छन् । उनीहरूले कतै फेरि सरकारले संक्रमण रोक्ने नाममा वर्ष दिनअघिको जस्तै लकडाउनको घोषणा गर्ने त होइन भन्ने त्रास व्याप्त छ । यदि सरकारले स्वास्थ्यविद्को मात्रै कुरा सुनेर लकडाउन जस्ता घातक निर्णय ग(यो भने मुलुकको अर्थतन्त्र फेरि कहिले उठ्न नसक्नेगरी थला पर्छ भन्दै व्यवसायी सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

फेरि लकडाउन हुने हल्लाले आमसर्वसाधारण समेत चिन्तित बनाइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि लकडाउनबारे सोच्न पनि नहुने बताए । यस्तो अवस्थामा फेरि पनि लकडाउन गर्ने विषय कसैले कल्पना समेत गर्न हुँदैन भन्दै उनले यदि अझै पनि लकडाउन भयो भने नेपालका सबै उद्योगधन्दा सधैंका लागि बन्द हुने बताए ।

यस्तो अवस्थामा भर्खर तंग्रिन लागेको उद्योगधन्दा र व्यवसायलाई आघात पुग्ने कुनै पनि निर्णय सरकारले गर्न नहुने गोल्छाको भनाइ छ । कोरोना महामारीले सर्वाधिक क्षति पु(याएको नेपालको पर्यटन क्षेत्र आन्तरिक पर्यटनका कारण केही राहत महसुस गर्ने अवस्थामा पुगेको भएपनि फेरि लकडाउनले हुने चिन्ताले पिरोलेकनो छ । । सरकारले लकडाउन जस्ता आर्थिक क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने विधिको सट्टा विश्व स्वास्थ्य संगठनले जारी गरेका स्वास्थ्य मापदण्डको कडाइका साथ परिपालना गराउने तर्फ ध्यान दिनुपर्ने हुन्छ ।

अब फेरि लकडाउनको विषयमा कुनै चर्चा परिचर्चा नै गर्न नहुने आमजनमासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्