एक–दुई दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

काठमाडौं, चैत १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दिएको समर्थन अब एक–दुई दिनभित्रै फिर्ता लिने बताएका छन् ।

आज प्रज्ञा प्रतिष्ठान डबलीमा नागरिकको प्रश्नको जवाफ दिने क्रममा उनले अब धेरै दिन पर्खन नसक्ने बताएका हुन् । ‘म अब धेरै दिन पर्खन सक्दिनँ, समर्थन फिर्ता र अविश्वास प्रस्ताव एकै पटक अघि बढाउँ भनेर मात्रै हो,’ उनले भने ।

उनले समर्थन फिर्ता लिनका लागि आफूलाई विभिन्न ठाउँबाट दबाब आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्