नेपाल पक्ष संसदीय दलको बैठकमा जाने

काठमाडौं, १३ चैत । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।पार्टीभित्र आन्तरिक संघर्ष चु्लिएको बेलामा नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको आज छुट्टै बैठक बसेको हो । कलंकीस्थित् मेगा पार्टी प्यालेशमा बसेको बैठकमा वरिष्ठ नेता नेपाल र सुरेन्द्र पाण्डेले बि«फिङ्ग गरेका थिए ।

नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षको बारेमा ब्रिफिङ गरेका थिए । र, ओलीले गरेका निर्णय पार्टीको विधानविपरित भएको भन्दै आफूहरुले सशक्त रुपमा प्रतिकार गर्ने पनि नेता नेपालले बताएका थिए । र, अब ओलीले पार्टीमा चाल्नसक्ने कदम र आफूहरु कसरी अघि बढ्ने भन्नेबारे पनि नेपालले आफ्नो रणनीति सुनाएका थिए ।

केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएलगत्तै सांसदहरुको मात्रै छुट्टै बैठक सुरु भएको छ । उनीहरुको छलफलले आज दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गर्ने बुझिएको छ । यसअघि नेपाल पक्षका सांसदहरुले संसदीय दलको बैठक बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्