ज्योति लाइफको आईपीओ शुक्रबार १२ः३० बजे बाँडफाँट हुँदै
काठमााडौं, १३ चैत । ज्योति लाइफको आईपीओ शुक्रबार १२ः३० बजे बाँडफाँट हुँदै छ । करिब ६७ प्रतिशतले शेयर नपाउने छ ।
उक्त कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार दिउँसो १२ः३० शेयर बाँडफाँट हुने जनाएको छ ।
फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाउनछन् । कम्पनीको आइपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ ।
त्यस अनुसार करिब ६७ प्रतिशत अर्थात करिब १२ लाख १० हजार जनाले शेयर नपाउने देखिन्छ ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आईपीओ वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।















प्रतिक्रिया दिनुहोस्