एमालेको संसदीय दलको बैठकमा आज ३ बजे, एमालेको संसदीय दलको बैठकमा आज ३ बजे
काठमाडौं, १३ चैत्र । नेकपा एमालेको संसदीय दलको बैठकमा आज ३ बजे बालुवाटारमा डाकिएको छ । आजको बैठक अलि रोचक हुने देखिन्छ । नेपाल पक्षले कुनै कडा कदम चाल्ला वा के गर्ला भन्ने कुरो एमालेको संसदीय दलको बैठकमा आज ३ बजेबनेको छ ।
संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा जाने या नजाने निर्णय गर्न माधव नेपाल समूहको बैठक डाकिएको छ । ११ बजेका लागि बैठक डाकिएको छ । बैठकमा माधव नेपाल समूहका सांसदहरुले अबको कदमबारे छलफल स्रोतले बताएको छ । एमालेको नेपाल समूहभित्र राजीनामा दिएर भएपनि नयाँ ढंगले बढ्नुपर्ने या पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने दुईवटा धार छ । आजको बैठकले कुन धार पक्रेला चासो बनेको छ । कसको वचस्र्व हुन्छ भन्ने कुराले पनि राजनीतिमा फरक पार्ने छ ।




प्रतिक्रिया दिनुहोस्