तीन दिनपछि मेलम्चीको पानी काठमाडौंका घरघरमा
काठमाडौं , चैत १२ । मेलम्चीको पानी अबको तीन दिनपछि काठमाडौंका घरघरमा आउने भएको छ । आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौंका धारा–धारामा पठाउन लागिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
मेलम्चीको पानी गएको फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा झारिएको थियो । आयोजनाका अनुसार यही चैत १५ गतेदेखि पानी परीक्षणका रूपमा घरका धारा–धारामा पुर्याइने भएको हो ।















प्रतिक्रिया दिनुहोस्