यस वर्षको होली पर्व पनि घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं , चैत ११ । यस वर्षको रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । तर यसपाली पनि होली धुमधामका साथ मनाइन नपाइने भएको छ ।

छिमेकी जिल्ला भारतमा कोरोना बढेपछि नेपालमा पनि फैलने भन्दै होली खेल्नमा रोक लगाएको छ । यस कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको बताएका छन् । साथै उनले जोखिम पनि बढेको बताउँदै होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको बताए ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण पनि बढिरहेको छ । आज मात्रै नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्