नेपालीको भविष्य र आत्म निर्णयको अधिकार धरापमा पर्यो : प्रचण्ड

काठमाडौं, चैत ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीको निर्णय गर्ने अधिकार खोसेर आदेश पालक बनाउन खोजिएको बताएका छन्।

बुधबार काभ्रेको धुलीखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले पछिल्लो समय नेपालीहरुलाई हेप्न र निर्णय गर्ने अधिकारी खोसिन थालेको हो कि भन्ने लागेको बताए।

उनले नेपाल राष्ट्र, भावी सन्ततिको र नेपालीको भविष्य र आत्म निर्णयको अधिकार धरापमा परेको बताए।

शान्ति सम्झौता, गणतन्त्रको घोषण, संविधानसभाबाट संविधान जारी, कम्युनिस्ट एकताका गर्दा आफूलाई आत्मनिर्णय गर्न सक्यौँ कि भन्ने लागेको बताए पनि अहिले अवस्था त्यस्तो नरहेको बताए।

अध्यक्ष प्रचण्डले अहिले फेरि एकचोटी हामी नेपालीहरु निरिह हुन, हेपिन थालेका र हाम्रो अधिकार खोसेर आदेश पालक बनाउन खोजिएजस्तो भान भइरहेको बताए। उनले आफूलाई यसबाट पीडाबोध भएको बताए ।

प्रतिक्रिया दिनुहोस्