वैशाख १ देखि एमालेको कार्यालय नयाँ भवनमा सर्ने, भयो पाँच वर्षको सम्झौता
काठमाडौं , चैत ११ । नेकपा एमालेको केन्द्रीय कार्यालय आउँदो वैशाख १ गतेदेखि नयाँ भवनमा सर्ने भएको छ । एमाले कार्यालय थापाथली सार्न लागेको हो ।
थापाथलीस्थित सञ्जय अग्रवालको घर एमाले पार्टी कार्यालयको लागि लिजमा लिइएको छ । पौने चार रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा कार्यालय भवनसहित पार्किङस्थलसमेत रहेको छ ।
यसका लागि सम्झौता पनि भएको छ । पाँच वर्षको लागि उक्त स्थान भाडामा लिनेसम्बन्धी सम्झौता भएको प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडले जानकारी दिए । पार्टी अध्यक्ष ओलीले आज नयाँ कार्यालय भवनको निरीक्षणसमेत गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्