फेरि कोरोनाको जोखिम बढेको सरकरकारको ठहरः देशभर गृहले पठायो यस्तो सर्कुलर

काठमाडौं, चैत १० । पछिल्लो समय भारतका विभिन्न प्रान्तमा कोराना संक्रमण बढिरहेको छ ।छिमेकी देश भारतमा दिनानुदिन कोरोनाका संक्रमित ह्वात्तै बढेका छन् ।

भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु गाउँमा आएर घुम्ने भएकाले पनि कोरोनाको ग्राफ पुनः उकालो लाग्ने देखिएको छ । यस कारण नेपालमा पनि जोखिम बढ्ने भएकाले सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम फेरि बढेको भन्दै थप कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर नै जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको सूचनापछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताएका छन् ।

नेपाल- भारत सिमानाका खुल्ला भएका कारण पनि फेरि नेपालमा कोरोना संक्रमण बढ्ने हो कि भन्ने चिन्ता आमजनमासमा रहेको छ । यसे समयमा गृह मन्त्रालयले भारतीय सीमानाकामा थप कडाइ गर्न भनेको छ।

यस्तै क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न भनिएको छ।
स्वास्थ्य मन्त्रालयको जानकारीपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिइसकेको प्रवक्ता बुढाले बताए ।

भारतीय सीमानाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्यांक राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ।साथै भीडभाड नगर्नू÷नगराउनू, मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउनू र नलाउनेलाई कारबाही गर्नु , सीमानाबाट भित्रिनेको अनिवार्य तथ्यांक राख्न, स्वास्थ्य जाँच गराउने, शंकास्पद देखिए क्वारेन्टिनमा राख्ने, जिल्लाका क्वारेन्टिन तथा आइसोलेसन सेन्टर पुनः एक्टिभ बनाउन र सचेतनाका कार्यक्रम गर्न पनि भनिएको छ ।

यसैबीच गृहको सर्कुलरसँगै केही जिल्लाले सूचना जारी गरेर पुनः कडाइ गर्न थालेका छन्।उता सुुदुरपश्चिकामा भारतमा पर्ने विभिन्न नाकामा पनि थप कडाइ गर्न थालीएको छ । सुदुरपश्चिबाट रोजगारीका लागि धेरै जसो भारत जाने र भारतबाट नेपाल आउने गर्दछन् ।

नेपालमा पुनः कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएको हुँदा बजारमा भने फेरि लकडाउन हुने हल्ला चलीरहेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर थपिदै जान थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्