यस वर्षको होली पनि मनाउन नपाइने भो !

काठमाडौं , चैत १० । यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भिडभाड नहुनेगरी होली मनाउन आग्रह गर्दै मास्क लगाएर टिका मात्रै लगाउन  भनेका छन् । कोरोना संक्रमणको जोखिम भएकाले उनले यस्तो आग्रह गरेका हुन् ।

‘संक्रमणको जोखिमका कारण भिडभाड नगरिदिनुहुन हाम्रो आग्रह छ, त्यसबारे सार्वजनिक सूचना र माइकिङ गरेर पनि हामी सचेत गराउँछौँ पराजुलीले भने । होली खेल्दा भौतिक दुरी कायम गर्नुपर्ने पराजुलीले बताए ।

साथै सुरक्षाकर्मी परिचालन गरेर भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ । साथै जबर्जस्ती रंग दल्नेलाई अभद्र व्यवहार मुद्दामा कानुनी कारवाही गर्ने पनि पराजुलीले बताएका छन । यस वर्षको होली  चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा मनाईदै छ ।

यता गृहमन्त्रालयले मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । पोहोरसाल पनि कोरोनाका कारण होली मनाउन पाएन् , यस वर्ष पनि कोरोनाकै त्रास र डरले मनाउन नपाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्