पार्टी विभाजनको पक्षमा छैनौं, दास बन्न पनि तयार छैनौं : नेता नेपाल
काठमाडौं, चैत १० । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित नेपाल पक्षीय अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले आफू पार्टी विभाजनको पक्षमा नरहेको तर, दास बन्न पनि तयार नरहेको अडान लिएका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता÷कार्यकर्तालाई पेल्दै लैजाँदा वर्तमान अवस्था उत्पन्न भएको उनको भनाइ रहेको छ ।
साथै नेता नेपालले आफूहरु पार्टीमा विधि र पद्धति स्थापित गर्न लडाइँ लडिरहेको बताए । उनले यसबाट आफुहरु पछि नहट्ने पनि उल्लेख गरे । आफूहरू अहिले प्रधानमन्त्री ओलीको अहंकारविरुद्ध लडिरहेको बताएका छन् ।
उनले प्रधानमन्त्री ओली आफू हाबी हुने प्रवृत्तिका कारण वर्तमान संकट आएको बताए। सकेसम्म बैठक बसाउन नखोज्ने र बैठक बस्दा पनि आफूलाई लागेको निर्णय गराउने खोज्ने उनको प्रवृत्ति रहेको उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्