भीम रावल भन्छन् – स्पष्टीकरण हामीले होइन अध्यक्ष ओलीले दिनुपर्छ
काठमाडौं , चैत १० । नेकपा एमालेका नेता भीम रावलले स्पष्टीकरण अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने बताएका छन् ।
काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल(खनाल पक्ष निकट रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रावलले स्पष्टीकरण आफूहरुले नभएर, पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताएका हुन् ।
अब ओलीलाई जनताले नै स्पष्टिकरण सोध्ने भन्दै नेता रावलले स्पष्टीकरण सोध्दै आफूहरुलाई काटिएको पत्रलाई नक्कली केन्द्रीय कमिटीको अवैध पत्रको संज्ञा दिए ।
साथै नेता रावलले आफुहरुलाई स्पष्टिकरण सोधिएको विषय हास्यास्पद भएको पनि टिप्पणी गरे । महाधिवेशनले बनाएका विधानका धाराहरुलाई संशोधन गर्ने अधिकार ओलीलाई कसले दियो भन्दै उनले प्रश्न समेत गरे ।
त्यस्तै नेता रावलले पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको दाबि पनि गरे ।















प्रतिक्रिया दिनुहोस्