प्रतिनिधिसभा बैठक एक सातासम्मका लागि स्थगित, तीन वार्षिक प्रतिवेदन पेश
काठमाडौं, चैत १० । प्रतिनिधिसभाको बैठक एक सातासम्मका लागि स्थगित भएको छ । अर्को बैठक अब चैत १८ गते बुधबार दिनको १ बजे बस्न भएको छ । मंगलबार बसेको बैठकको शून्य समयमा बोलेका केही सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा विरोध जनाएका छन् ।
साथै भारतले नेपालको थप भूमी मिचेको बिषयमा कुरा उठाएका छन् । काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र जिप छिरिङ लामाले भारतले अतिक्रमण गरेको भूभागको प्रकाशित नक्सा संसदबाट पारित गर्ने तर सीमा अतिक्रमण हुँदा सरकार किन मौन रहेको भन्दै प्रश्न गरेका छन् ।
साथै आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष ती दुवै प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले उक्त समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेश गरे ।
प्रतिक्रिया दिनुहोस्