कैलालीको लम्की क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर दुई जना घाइते
काठमाडौं, चैत १० । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो।
गोली लागेर २५ कृष्ण प्याकुरेल र वर्षीय १८ वर्षीय दीपक सञ्जेल घाइते भएका हुन्।
उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए। पछिल्लो समय यस क्षेत्रमा घटना हुँदा धेरैको अकालमै ज्यान जाने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्