अहिलेको सरकारलाई नै स्वीकार गरेरै कांग्रेस अघि बढ्छः सभापति देउवा

काठमाडौं, चैत १० । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् ।

विराटनगर पुगेका उनले कांग्रेस प्रतिपक्षमै रहने बताएका हुन् । उनले अहिलेको सरकारलाई स्वीकार गरेरै कांग्रेस अघि बढ्ने बताए ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

साथै उनले कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्