अवैध केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरण स्वीकार्य छैन : भीम रावल
काठमाडौं, चैत ९ । आज मात्रै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीका तर्फबाट स्पष्टीकरण मागेको छ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको पत्र पठाएको छ । यता यसको जवाफमा नेकपा–एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरण आफूहरुलाई मान्य नभएको बताएका छन् ।
उनले ओलीले राखेको केन्द्रीय कमिटी बैठक अवैध भएको दाबी गर्दै त्यस्तो कमिटीले सोधेको स्पष्टीकरण स्वीकार नगर्ने तर्क गरेका छन् ।अध्यक्ष ओलीले नवौ महाधिवेशनबाट पारित विधानलाई मिच्दै र अवैधरुपमा गठन गरिएको के
न्द्रीय कमिटीको बैठकबाट सो निर्णय गरिएको हुँदा त्यसलाई स्वीकार नगर्ने उनले अडान लिएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले रावलसहित वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको थियो।















प्रतिक्रिया दिनुहोस्