एमालेका ४ नेतालाई ओली पक्षले पठायो स्पष्टीकरण पत्र, तीन दिनभित्र जवाफ दिन निर्देशन

काठमाडौं, चैत ९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीका तर्फबाट स्पष्टीकरण मागेको छ।

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको पत्र पठाएको छ ।

महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पत्र पठाइएको हो ।

केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा वरिष्ठ नेता नेपालसहित उनी पक्षका भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरणका लागि ओली पक्षले आज पत्र पठाएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले आज बिहान चारै नेतालाई पत्र पठाइएको जानकारी दिए।वरिष्ठ नेता नेपाललाई पठाइएको चार पृष्ठ लामो स्पष्टीकरणमा १७–बुँदे प्रश्नहरु सोधिएको स्रोतले जनाएको छ ।

स्पश्तिकरण पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भन्दै चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने उल्लेख छ ।

यसअघि शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्