वाइसिएलको केन्द्रीय कमिटी १६१ सदस्यीय हुने, १ लाख ६५ हजार सदस्यता थप गर्दै

काठमाडौँ , चैत ८ । नेकपा माओवादी केन्द्रको युवाहरुको संगठन योङ् कम्युनिष्ट लिग (वाइसिएल) को केन्द्रीय कमिटीको संख्या १६१ सदस्यीय हुने भएको छ ।

चैत्र ४ र ५ गते केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रिय समितिको चौथौ पुर्ण बैठकले केन्द्रीय सदस्यको संख्या १६१ जनाको हुने निर्णय गरेको छ ।

साथै तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच सम्पन्न एकता सर्वोच्व अदालतको फैसलाले भंग गरेसँगै मातृ पार्टी पुरानै अवस्थामा फर्किएको अवस्थामा संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरण समेत गरिएको छ ।

बैठकले पुरानो सदस्यताको नविकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्बाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय गरेको ।

संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ । इकाई देखि स्थानीय तह हुँदै जिल्ला भेलाहरु बैशाख महिनाभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला जेठको २० गतेभित्र सम्पन्न हुने निर्णय गरेको छ ।

स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट राष्ट्रिय भेलाका लागी प्रतिनिधिहरु छनौट प्रक्रिया सम्पन्न हुने वाइसिएलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्