संविधानमाथि नै प्रहार हुन थाल्यो , अब रक्षाका लागि सबै जुट्ने बेला आयो : प्रचण्ड

काठमाडौँ, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संधिवानमाथि नै प्रहार हुन थालेको बताएका छन् ।काठमाडौंमा आयोजना गरिएको एक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रण्डले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताको हक अधिकार रक्षा गर्न लामो संर्घषपछि तयार पारिएको संविधानमाथि नै प्रहार हुन थालेकाले अब यसको रक्षाका लागि सबै जुट्ने बेला आएको बताए । प्रचण्डले संविधानमाथि भइरहेको प्रहारको प्रतिवादन गर्नुपर्ने बताए ।

उनले विशेषाधिकार बिना महिला र दलित वर्गले प्रतिस्पर्धा गर्न सक्दैनन् भन्दै त्यसका लागि संविधानमै महिला, दलित, आदिवासी, मधेशी, मुस्लिमको विशेषाधिकार कायम गर्नुपर्ने बताए ।प्रचण्डले प्राप्त अधिकार लिने र लिन बाँकी अधिकारका लागि आन्दोलन जारी राख्नुपर्ने बताए ।

क्रान्तिको बाटोबाट आफू टाढा नरहेको भन्दै प्रचण्डले केही शैली परिवर्तनमात्र भएको बताए । सबै नेपाली अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

संविधानले पछाडि पारिएको वर्गलाई तलदेखि माथिसम्मका निकायमा समावेश गर्ने व्यवस्था लागू गरेकाले माथिल्लो तह र तप्कामा रहेका केही व्यक्तिलाई यो संविधान घाँडो भएको प्रचण्डको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्