नेहालाई मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड प्रदान

काठमाडौं, । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार रुपा शर्मा नेहालाई यसवर्षको राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड प्रदान गरिएको छ ।
संचारमाध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै पत्रकार शर्मालाई सिजन मिडियाले प्रदान गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले सो पुरस्कार प्रदान गर्नुभएको हो ।
विगत १९ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल शर्मा काठमाडौं महानगरपालिका द्धारा संचालित मेट्रो एफएम ९४.६ मेघाहर्ज र नेपाल टेलिभिजनमा कार्यरत रहनुभएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने आजको चर्चा नामक कार्यक्रमले शुसासन समाजिक न्याय र विधिको शासन लागु गर्नुको साथै पारदर्शि र जवाफदेहि सरकार निर्माणको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ ।
मिडिया मोविलाईलेसन फर सस्टेनेवल डेभलपमेन्ट नेपालका अध्यक्ष र मानव अधिकार संचार प्रतिष्ठान ईह्रिकनका महासचिव रहनु भएकि शर्माले समाजिक सरोकारका विषयलाई संचारका क्षेत्रबाट उठान गर्ने मात्र नभई समाजिक अभियन्ताको रुपमा समेत क्रियाशिल रुपमा काम गर्दै आउनुभएको छ ।
पछिल्लो समय कोरोना महामारीले आम मानिसले पारेको नकारात्मक मानसिक प्रभावलाई कम गर्न विभिन्न पत्रकार शर्मा लयायतको टोलिले देशव्यापि रुपमा मोटिभेसन थ्रु डान्स क्याम्पियन संचालन गरिरहेका छन् ।
लैगिंक हिंसा ,व्यवसायिक यौन शोषण महिला बेचविखन लागयतका मुद्धामा क्रियाशिल भएर काम गरेवापत वहाँलाई सरकारले समेत विभिन्न पुरस्कार प्रदान गरिसकेको छ ।

सिजन मिडियाले समाजिक क्षेत्रमा क्यिाशिल एकल महिला, अपांगता भएका व्यक्तिलगायत विभिन्न तह र तत्काबाट समाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्