उपचाररत जोशीको परिवारले सरकारले दिने १० लाख नलिने, यस कारण लिन मानेन् परिवारले

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । मस्तिष्कघातपछि उनी अहिले अस्पतालमा छन् ।

नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि सरकारले १० लाख रूपैयाँ दिने घोषणा गरेको थियो तर यता जोशीका परिवारले भने उक्त रकम नलिने बताएका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको बताएका छन् ।

शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए। सोही समयमा उनले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताएका थिए।

परिवारले उक्त रकम लिन किन अस्वीकार गर्यो भन्ने बारे भने केहि खुलाएको छैन् । फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्