माओवादी केन्द्र र जसपा स्पष्ट नहुँदा ओली सरकारलाई हटाउन समस्या: नेता सिंह

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) स्पष्ट हुन नसक्दा केपी ओली सरकारलाई हटाउन समस्या रहेको बताएका छन् ।

आज ठमेलको चाक्सीबारीस्थित आफ्नो निवासमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

कांग्रेस एक्लैको प्रयासले नैतिकताहीन सरकारको विकल्प दिन नसकिने स्पष्ट पार्दै केपी ओली नेतृत्वको सरकार हटाउने कुरा सोचे जस्तो सहज नभएको पनि उनले बताए ।

माओवादी र जसपाले सरकार ढलाउने औपचारिक निर्णय लिए मुलुकमा देखिएको अन्योलता चिर्न कांग्रेस तयार रहेको उनको भनाइ रहेको थियो । उनले कांग्रेस जिम्मेवारी लिएर परिस्थितिलाई सम्हालेर जान तयार रहेको बताए ।

नेता प्रकाशमान सिंहले सत्तारुढ नेकपा एमाले र सत्ता साझेदार नेकपा माओवादी केन्द्रको शब्दकोषबाट नैतिकता शब्द हराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्