नयाँ महान्यायाधिवक्तामा अधिवक्ता बडालको नाम सिफारिस, आइतबार शपथ

काठमाडौं, चैत ६ । सरकारले नयाँ महान्यायाधिवक्तमा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामासँगै सरकारले नयाँमा बडालको नाम सिफारिस गरेको हो ।

शुक्रबार दिउँसो महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। खरेलको राजीनामापछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।

यता अधिवक्ता बडालले आफ्नो नाम महान्यायाधिवक्तमा सिफारिस भएको खबर आएको बताएका छन् । उनले आफूलाई आइतबार बिहान ११ बजे शपथग्रहणका लागि बोलाइएको पनि जानकारी दिएका छन् ।

उनी एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन्।

नेपालको संविधान २०७२ को धारा १५७ ९२० मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस्