सरकारले दुईवटै मुद्दा हार्यो तर यसैलाई कार्यान्वयन गरेर अगाडी बढ्छौं: परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ , चैत ६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतका दुवै फैसला कार्यान्वयन गरेर सरकार अगाडी बढ्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले आफुहरुले दुवै मुद्धामा हार बेहोरेपनि यसलाई कार्यान्वयन गरेर अगाडी बढ्ने बताएका छन् ।
मन्त्री ज्ञवालीले आफुहरु आफ्नो पक्षमा फैसला आउदा लड्डु खाएर हिड्ने आफ्नो विपक्षमा आउना साथ झोक्राएर बस्ने गल्ति नगर्ने बताए ।
मन्त्री ज्ञवालीले सरकारले गरेका विकास निर्माणका कामका बारेमा चर्चा गरेका छन् । उनले काको चर्चा गर्दै मेलम्ची मरिन सुनकोशी डाइभर्सन, नागढुंगा सुरुंगमार्ग, देशका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको उल्लेख गरेका थिए ।
मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको लडाईमा सरकारले राम्रो काम गरेको बताउदै नेपालले कोभिडविरुद्धको लडाईमा नयाँ दृष्टान्त कायम गरेको बताए ।
साथै मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको चैत्र ९ र १० गते हुने बंगलादेश भ्रमणको बारेमा संसदलाई जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्