ओलीमा पार्टी संचालन गर्ने योग्यता र क्षमता नै छैन : गौतम

काठमाडौं , चैत ६ । नेकपा उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकता निम्त्याएको बताएका छन् ।

शुक्रबार अखिल नेपाल किसान महासंघको भेललाई सम्वोधन गर्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् । उनले यो तीन वर्षको अवधिमा अध्यक्ष ओलीले जाल झले र तिकडम मात्रै गरेको आरोप लगाए ।

पार्टी एकता भइसकेपछि केपी ओलीको व्यवहार कम्युनिष्ट पार्टीको सिद्धान्त र शैली अनुसारको नभएको बताउँदे उपाध्यक्ष गौतमले ओलीमा पार्टी संचालन गर्ने योग्यता र क्षमता नै नभएको जिकिर गरे।

सरकारले तीन वटा नीति कार्यक्रम ल्याउँदासमेत संविधानले निर्दिष्ट गरेको भावना अनुसार नभएपछि आफूहरुले पार्टीभित्र संघर्ष सुरु गरेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्