नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने
काठमाडौं , चैत ६ । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशी अहिले अस्पतालमा भर्ना भएका छन् । मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । यसैबीच जोशीको उपचारकालागि सरकारले १० लाख सहयोग गर्ने भएको छ ।
शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले १० लाख सहयोग गर्ने बताएका बताएका छन् । पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएका छन् ।
गत फागुन १४ गते मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
टाउकोको सामान्य शल्यक्रियापछि भेन्टिलेटर बाहिर निकालिएका जोशीको स्वास्थ्य गम्भीर भएपछि पुनः भेन्टिलेटरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्