महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा
काठमाडौँ, चैत ६ । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।
आजै पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट रहेका थिए ।
पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्