सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, ६ चैत । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहको संस्थाले ५ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ । साथै सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध चयन गरेको छ ।
वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीज्यूकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ्गले विगत केही वर्ष यतादेखि आशा लाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिनुभयो । गाउँ बस्तीमा रहेका विपन्नवर्गका घरदैलोमा पुगेर सेवा दिई गरीबलाई धनी बनाउने कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुहुंदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यष सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो । यस वित्तीय संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्