नेपाल- खनाल राष्ट्रिय भेलाः ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध पनाउनु पर्नेमा जोड

काठमाडौं , चैत ५ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को असन्तुष्ट समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

ललितपुरको सानेपामा जारी राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा(एमाले)का नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताए ।

साथै उनले भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने बताए । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफूहरूको जोड रहेको उनको भनाइ रहको थियो ।

यस्तै भेलामा सहभागी नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दवावका लागि भेला राखिएको टिप्पणी गरे ।
नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरू सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।

नेतृ समिना हुसेनले ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताए । पार्टीलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनले भनाइ रहेको छ ।

यसैगरि नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाए ।

ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको आरोप छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरू पनि गल्ती सच्याउन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्