प्रतिनिधिसभा बैठक भोलि पनि बस्ने , यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, चैत ५ । भोलि पनि प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । यसका लागि संघीय संसदको शुक्रबार बस्ने संसद बैठकको सम्भाविक कार्यसूची प्रकाशित भएको छ ।

संसद् सचिवालयले भोलिका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची प्रकाशित गरेको हो ।

सांसदहरु अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत हुने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग र मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व राष्ट्रियसभा सदस्य एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्