प्रधानमन्त्री को र कुन पार्टीबाट भन्ने टुंगो छैन, नयाँ सरकार भने छिट्टै बन्छ : प्रचण्ड

काठमाडौं, चैत ५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र कांग्रेसबीच आलोपालो सरकार चलाउने विषयमा छलफल भइरहेको बताएका छन्।

बिहीबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।यसअघि पनि कांग्रेस र माओवादी केन्द्रको आलोपालो सरकारले निर्वाचन गराएको स्मरण उनले गरे । उनले भने फेरि पनि त्यसैगरी सरकार बनाउने विषयमा छलफल भएको भइरहेको छ ।

पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गरेको उनले बताए ।उनले प्रधानमन्त्री को र कुन पार्टीबाट भन्ने टुंगो नभए पनि नयाँ सरकार भने छिट्टै बन्ने दावी गरे।

उनले नेतृत्वको विषयमा अहिले छलफल भइरहेको बताउँदै आफूले भने प्रधानमन्त्रीको दावी नगर्ने बताए।
अध्यक्ष प्रचण्डले केन्द्रको सरकार फेरबदलको टुंगो नलागेसम्म प्रदेश सरकार हेरफेर नुहने बताए। यता प्रचण्डले कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने बताएपनि कांग्रेस भने यसमा मौन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्