एमालेले गठन गर्यो २४ सदस्यीय संसदीय बोर्ड , को-को छन् सदस्य ?
काठमाडौं, चैत ५ । प्रतिनिधि सभा निर्वाचन भएको झण्डै साढे ३ वर्षपछि नेकपा एमालेले संसदीय बोर्ड बनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको एमाले संसदीय दलको बैठकले दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्ड गठन गरेको हो ।
बोर्डमा झलनाथ खनाल र माधव नेपाललाई पनि सदस्य बनाइएको छ । यद्यपि उनीहरू बैठकमा उपस्थित थिएनन् ।
संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहने बोर्डमा सुमन प्याकुरेल, खिमलाल भट्टराई, बिमला पौडेल राई, बिन्दा पाण्डे सदस्य बनेका छन् ।
यस्तै दामोदर भण्डारी, राधा ज्ञवाली, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, मोहन बानियाँ, नारदमुनि राना, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक पनि सदस्य रहेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
माधव नेपाल पक्षले दलको बैठक बहिस्कार गरेको थियो । अर्को बैठक चैत ७ गते पुनः बस्ने भएको छ ।















प्रतिक्रिया दिनुहोस्