गुटगत भेलामा नजान एमाले संसदीय दल बैठकको आह्वान, जानेलाई कारबाहीको चेतावनी
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला नगर्न आह्वान गरेको छ ।
खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला जारी राखेका समयमा भएको संसदीय दल बैठकले यसतो आह्वान गरेको हो । बैठकले गुटगत भेला नगर्न तथा पार्टीबाहेकका निर्देशन नमान्न पनि सांसदहरुलाई आह्वान गरेको हो ।
आज बालुवाटारमा बसेको बैठकले अन्य समूहमा लागेकाहरुलाई पनि फर्किएर आत्मआलोचना गर्न आह्वान गरेको छ । दल र पार्टीको कार्यक्रममा मात्र सहभागी हुन आग्रह गरिएको छ ।
बैठकले त्यस्तो आह्वानअनुरुप पार्टीमा नफर्कनेहरुलाई विधानानुसार स्पष्टीकरण सोध्ने र आवश्कयताअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको पनि छ ।
यता, आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको हो ।
त्यस्तै बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ । विधान संशोधन समितिमा विशाल भट्टराई ,शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्