मीना हत्या प्रकरण: चारजनालाई थुनामा राख्न आदेश

काठमाडौं, चैत ५ । २२ वर्षीया किशारिको हत्या अभियोगमा ४ जना जेल परेका छन् । दिपायल सिलगढी नगरपालिका-२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका हुन् ।

जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो ।

अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्