एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं , चैत ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी संसदीय दलको बैठक बोलाएका हुन् ।

यता, झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । आज पनि भेला जारी रहेकोले संसदीय दलको बैठकमा उपस्थित हुन नसकिने उक्त समूहले बताएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि एमालेभित्र चर्को विवाद छ । अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दै जिम्मेवारी हेरफेर गरेपछि नेपाल–खनाल पक्षले पनि समानान्तर कमिटी गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्