भारतमा कोरोनाको नयाँ लहरको आशंका, मोदीले दिए यस्तो चेतवानी, अर्थतन्त्रमा ठुलो असर पर्ने भन्दै चिन्ता

काठमाडौँ , चैत ४ । विश्वभर फैलीएको कोरोना संक्रमण अहिले पनि जारी नै छ । विभिन्न देशमा खोप अभियान चलीरहे पनि यो कम हुन भने सकेको छैन । उता छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ लहर शुरु भएको आशंका गरिएको छ ।

पछिल्ला केहि दिनमा संक्रमितको संख्या ह्वात्तै बढेपछि यस्तो आशंका गर्न थालीएको हो ।
पछिल्लो २४ घण्टामा भारतमा २८ हजार संक्रमित भएका छन् भने १८८ जनाको मृत्यु भएको छ । त्यस्तै यसअघि सोमबार २० हजार संक्रमित र १३१ जनाको मृत्यु भएको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ लहर शुरु भएको आशंका गर्दै बढी संक्रमित भएका प्रदेशका मुख्यमन्त्रीहरुसँग बुधबार छलफल गरेका छन् ।छलफलका क्रममा मोदीले मुख्यमन्त्रीहरुसहित अन्य प्रतिनिधिहरुलाई टेस्टीङ, ट्र्याकीङ र ट्रीटमेन्टमा जोड दिन निर्देशन दिएका छन् ।

साथै यो लहर बढ्दै गएमा यसले अर्थतन्त्रमा समेत ठुलो असर गर्ने चेतावनी मोदिले दिएका छन् । उनले यस्तो चेतावनी दिदै नियन्त्रणका उपाय अपनाउन निर्देशन पनि दिएका छन् । भारतका राज्यहरु महाराष्ट्र, पंजाव, केरलमा फेरी संक्रमितको संख्या बढेको हो ।

मोदीले फेरी संक्रमण बढेमा रोक्न मुश्किल हुने भन्दै प्रभावकारी रुपमा काम गर्न पनि निर्देशन दिएका छन् । उनले गाउमा संक्रमण बढ्न थालेमा सम्हाल्न नसकिने बह्न्दै तुरुन्त प्रभावकारी कदम उठाउन मुख्यमन्त्रीहरु र प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

मोदीले खोप अभियानलाई तिब्रता दिदै हरेक दिन ३० लाख जनालाई खोप लगाउने गरि काम गर्दै खोप खेरजान नदिन आग्रह गरेका छन् । भारतमा अहिलेसम्म कुल ३ करोड ५० लाख ६४ हजार ५३६ जनाले कोरोनाको खोप लगाएका छन्

प्रतिक्रिया दिनुहोस्