जहाँ दुई मिनेट अगाडी कार्यालय छोड्दा सरकारी कर्मचारीहरुको तलब काटियो !
काठमाडौँ , चैत ४ । दुई मिनेट अगाडी कार्यालय छोड्दा सरकारी कर्मचारीको तलब काटिएको छ । यो खबर जापानको हो ।
जापानमा सन २०१९ देखि जनवरी २०२१ सम्म दुई मिनेट अगाडी नै कार्यलय छोड्ने ३१६ कर्मचारीको तलब काटिएको रिपोर्ट सार्बजनिक भएको छ ।
जापानको मिडिया द सांकेई न्यूजले प्रकाशित गरेको रिपोर्टका अनुसार जापानको चिबा प्रान्तको फुनाबाशी सिटीको बोर्ड अफ एजुकेसनका कर्मचारीहरुको दुई मिनेट अगाडी कार्यलय छोडेको भंडिया तलब काटिएको छ ।
उनीहरुले आफ्नो हाजीरीमा सहि समय लेखेपनि उनीहरु ५ बजेर १७ मिनेटमा निस्किनु पर्नेमा ५ बजेर १५ मिनेटमै निस्किएको पाइएपछि तलब काटिएको थियो ।
कार्यालयबाट २ मिनेट छिटो निस्कन कार्यालयकै ५९ बर्षिय कर्मचारीले सहयोग गरेको भन्दै उनको ३ महिनाको तलबको १० भागको एक भाग काटिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
जापानमा यस्तो पहिलो पटक भने भएको होइन । यसअघि २०१८ मा कोबे प्रान्तमा एक कर्मचारी कार्यालयबाट तीन मिनेट अगाडी डेस्क छोडेपछि सजाय दिइएको थियो ।
हाम्र्रो देशमा सरकारी कर्मचारी समय आउने र समय जाने संस्कार नभएपनि समयभन्दा दुई मिनेट अगाडी कार्यालय छोड्दा जापानमा भने कर्मचारीहरुको तलब काटिएको छ । नेपालमा भने यस्तो छैन । तर जापानमा भने यस्तो कडा नियम भने लागू भएको छ ।
प्रतिक्रिया दिनुहोस्