कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं, चैत ४ । एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फर्ता लिने निर्णय संसद सचिवालयलाई जानकारी गराउने बताएको छ । हाल कर्णालीमा माओवादी केन्द्रको नेतृत्व रहेको छ ।

भोलिबाट लागू हुने गरी बुधबार केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिए।

कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ।

आज संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का थिए।

प्रतिक्रिया दिनुहोस्