सबै वितण्डाको जिम्मेवार ओली नै, एक भारी प्रमाण छ : माधव नेपाल
काठमाडौं , चैत ४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै वितण्डाका निम्ति एमाले अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार रहेको बताएका छन्।
बुधबार सानेपामा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै नेपालले आजको स्थिति उत्पन्न हुनुमा अरु कोही नभएर ओली नै कारक रहेको बताए।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दा नै पार्टीमा विग्रह सुरु गरेको आरोप लगाए। नेता नेपालले भने ’अहिले वितण्डाको जिम्मेवार एमाले अध्यक्ष रहेका ओली हुन्। उहाँले गरेका वितण्डाहरुको बारेमा हामीसँग एक भारी प्रमाण छ ।’
साथै उनले आफूहरुले समातेको बाटो सहि दिशा तर्फ अघि बढेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले ’गुट भेला’ नगर्न चेतावनी दिँदा दिँदै आयोजना गरिएको सभामा उनले आफूहरु ध्वंस गर्नका लागि होइन निर्माण गर्नका लागि अघि बढेको बताए। नेता नेपालले अहिले पार्टी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
मार्क्सवाद र कम्युनिष्ट आन्दोलनका प्रणेताहरुबाट प्रतिक्रियावादीविरुद्ध लड्न कार्यकर्ताहरुले प्रेरणा लिनुर्ने उनले बताए।कम्युनिष्ट पार्टी विचार , दर्शन र सिद्धान्तका साथ अघि बढ्नुपर्ने भन्दै उनले विचार शून्य भएकाले कम्युनिष्ट पार्टी बनाउन नसक्ने समेत बताए।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आज र भोलि हुने राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताए ।
नेता नेपाल कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए । अहिले पार्टीभित्र यस्तो अवस्था आउनुमा एक मात्र जिम्मेवार अध्यक्ष केपी शर्मा ओली रहेको बताए ।
नेकपा हुदा चर्चामा रहेको ’साइबर स्याल’ हरु अहिले एमाले भएपछि पनि रहेको भन्दै फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप उनले लगाए ।
अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए ।
ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको नेपालले बताए ।















प्रतिक्रिया दिनुहोस्