पार्टीमा गुटबन्दीको सुरुवात ओलीले नै गरेका हुन् : वरिष्ठ नेता खनाल

काठमाडौँ , चैत ४ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेको बताएका छन् ।

बुधबार खनाल(नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले मदन भण्डारी फाउण्डेशन गठन गरेर ओलीले गुटको सुरुवात गरेको आरोप लगाए ।

ओलीका कारण पार्टीभित्र विधि,पद्धति मिचिनुका साथै पार्टीमा वैचारिक र सैद्धान्तिक काम शून्य भएको उनको भनाइ छ ।

३ वटा बजेटहरु ल्याउँदा पनि पार्टीका नीति र स्रोतहरु प्रतिविम्बित हुन नसकेको नेता खनालले दाबी गरे । ओली सरकारले पार्टीका विचार र धारणा लागू गराउन नसकेको उनले बताए । भ्रष्टाचारलाई संरक्षण र देशलाई अग्रगतिसँग ओली सरकारले लैजान नसकेको पनि उनले बताए ।

दक्षिणपन्थी अवसरावदीतर्फ ओलीको सरकार गएको उनको भनाइ छ ।यसैगरी ओली सरकार बनेको तीन वर्षको तीनै पटकको बजेटमा कुनै सरसल्लाह नभएको पनि वरिष्ठ नेता खनालको आरोप छ ।

निर्वाचनका समयमा कृषि, औद्योगिक, राष्ट्रियता सुदृढीकरण गर्न घोषणापत्रमा उल्लेख गरिए पनि घोषणपत्रभन्दा विपरीत काम गरिएको उनले बताए । यता ओलीले सत्यलाई छोपेर मिथ्यालई अगाडि बढाउने काम गरेको नेता सुरेन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्