राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक शुरु, को को सहभागी छन् ?

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक केहि बेर अघि सुरु भएको छ । शीतल निवासमा शुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख नेताहरु पुगिसकेका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल सहभागी भएका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी बह्येका छन् । त्यस्तै नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी भएका छन् भने अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी भएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमालेका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल भएन बैठकमा अनुपस्थित रहेका छन् । उनीहरुले यस अघि नै आफुहरु सहभागी नहुने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्