हेलिकप्टर चार्टड गरेर ससुराली गाउँ गए मुख्यमन्त्री राई( हेर्नुहोस् केहि तस्बिर )
काठमाडौं चैत ३ । केहि महिना अघि बिहे गरेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई होलिकप्टर चार्टड गरेर ससुराली गाउँ गएका छन् ।
मुख्यमन्त्री राई पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकास्थित सेदुवा र नोर्बु भन्ने गाउँमा हेलिकोप्टर नै चार्टड गरेर गएका हुन् ।
यता मुख्यमन्त्री पत्नी शेर्पाले आफ्नो फेसबूकमार्फत् जन्मस्थल पुगेको जानकारी गराएकी छन् ।
यसैबीच जन्मस्थल पुग्दा आफूलाई खुशी लागेको शेर्पाले फेसबुमा पनि लेखेकी छन् । उनले भनेकी छन् , ‘म त जन्मिएकी मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ, सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो ।’
शेर्पाले जन्मस्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको उल्लेख पनि गरेकी छन् । साथै उनले यसमा पति राईको ध्यानाकर्षण पनि गराएकी छन् ।


















प्रतिक्रिया दिनुहोस्