वर्षमान पुन भन्छन्- चैत ५ गतेपछि सत्ता समीकरणले मुर्तरुप पाउँछ

काठमाडौँ, चैत ३ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मुर्त रुप पाउने बताएका छन्।

मंगलबार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन् । उनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टी (जसपा)को बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाबीचको सत्ता समिकरणले मूर्त रुप पाउने बताए ।

तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि बताए।नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए।

अहिले नेताहरु नयाँ सत्ता सकिकरणका लागि छलफलमा जुटेका छन् । यसमा नेताहरुले विभिन्न दलका पार्टीसँग छलफललाई तिब्रता दिरहेको छ । एकतिर ओलीको आफ्नै अडान छ ।

प्रतिक्रिया दिनुहोस्