ओलीको एकलौटी निर्णय फिर्ता भए पार्टी एक हुन्छः वामदेव
काठमाडौँ, चैत ३ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन २८ गते गरिएको एकलौटी निर्णय फिर्ता गरे पार्टी एक हुने बताएका छन् ।
पार्टी एकता अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् । फागुन २८ को निर्णय बदर गरेर माधव नेपाललगायतका सबै नेता एक ठाउँमा उभिने वातावरण बनाइनु पर्ने उनको भनाइ रहेको छ । गौतम भनछन् यसले कसैको हानी गर्देन पार्टी एक हुन्छ ।
सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पार्टी अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायतका निर्णय गरेका थिए ।
यो निर्णयका विरुद्धमा नेपालपक्ष रुष्ट रहेको छ ।उपाध्यक्ष गौतमले पार्टीभित्र अब कसैलाई गाली, शंका र लान्छना लगाउन नहुने बताए । एमालेको नेतृत्वमा सबै वामपन्थी समेटिएको सरकार बनाउन सकिने उनले बताए ।















प्रतिक्रिया दिनुहोस्