अहिलेको अवस्थामा सभापति देउवाको उदासीनता रहस्यमयी : वरिष्ठ नेता पौडेल

काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्योलमा परिरहेको देशलाई कांग्रेसले दिशा दिनुपर्ने बताएका छन् ।

प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले अराजकताको अन्त्य गर्न पार्टी अनिर्णय र ढुलमुलको अवस्थामा रहन नहुनेमा उनले जोड दिए । उनले अहिलेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमयी रहेको पनि बताए ।

प्रदेश–१ र वाग्मतीमा प्रदेश सरकार ढलाउने विषयमा पनि कांग्रेसले ढुलमुले नीति लिएको उनको भनाइ रहेको थियो ।

अहिले मुलुकमा राष्ट्रिय–अन्तर्राष्ट्रिय थरीथरीका खेलाडीले खेलिरहेको बताउँदै उनले यो खेल अरूको हातमा जान नदिन कांग्रेसले नेतृत्व गर्नुपर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्